माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । धानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै, पार्टीबाट मन्त्री बन्नेहरुबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।