भ्यानले ठक्कर दिंदा महिलाको मृत्यु
बाँके । बाँकेको कोहलपुरमा शनिबार राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार, भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिएर भागेको भ्यानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरीले जनाएको छ ।
