बैदेशीक रोजगारमा पीडित बनेका परिवारलाई शैक्षिक सामग्री

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार १६:२७

मकवानपुर । दिगो आर्थिक श्रोतको जोहोका लागि बैदेशीक रोजगारीमा पुगेर बेपत्ता भएका, ज्यान गुमाएका र शारिरीक अशक्त परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा पुगे पनि कामको शिलशिलामा बिदेशमा बेपत्ता भएका र अशक्त भएकाहरुको परिवारलाई सरकारको मातहत रहेको बैदेशीक रोजगार बिभाग र बोर्डबाट आर्थिक सहायता र राहतको सूचीमा नपरेका परिवारलाई हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् ।

सुरक्षित बैदेशीक रोजगारीका लागि हेटौंडा उपमहानगरपालिकामा संचालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भ पारेर सरकारी सुबिधाबाट बञ्चित रहेका पारिवारको ९ जना छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको विभिन्न विद्यालयमा अध्ययनमा रहेका छात्र/छात्रालाई अध्ययनमा सहयोगका लागि झोलासहित कापी, कलम, कलर बक्स, जुत्तासहितको सामग्री वितरण गरिएको हो । सामीले छात्र/छात्राको आवश्यताको आधामार सामग्रीहरु वितरण गरेको बताइएको छ ।

सामग्री हस्तान्तरण गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले देशको आर्थिक श्रोतलाई बलियो बनाउँनका लागि बैदेशीक रोजगारीमा गएका परिवारका वालबालिकालाई सहयोग गर्नाले उनीहरुको शैक्षिक गुणस्तरमा मदत पुग्ने बताइन् । बैदेशीक रोजगारीको शिलशिलामा बेपत्ता भएका र शारिरीक रुपमा अशक्त भई काम गर्न नसक्ने अवस्थाका व्यक्तीको लागि सहयोगि बन्न उपमहानगर तयार रहेको उनले बताइन् ।

पिडामा रहेका बालवालिकाको अध्यापन र शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गर्न उपमहानगरपालिका तयार रहेको भन्दै नगर प्रमुख लामाले सँधै सहयोगी बनेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१६ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजना रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सीनाको उपस्थिती रहेको थियो ।