आईतबार शेयरबजारमा २७ अंकको गिरावट
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ । गत साता १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको नेप्से परिसूचक आज भारी अंकले गिरावट आएको हो ।
पुष महिनाको पहिलो कारोबार दिन आज शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।



