बिहीबार शेयरबजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ मंसिर २९, बिहीबार १५:५६

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ ।

यसअघि बुधबार २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्सेमा सूचीकृत २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।