देशरभर चिसो बढ्दै, सबैभन्दा बढी जुम्ला र मुस्ताङमा

तु खबर संवाददाता
२०७९ मंसिर २६, सोमबार ०८:११
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको जनाएको छ । महाशाखाका अनुसार, सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ ।

जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो ।

यस्तै, काठमाडौंकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन । सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको सबैलाई आग्रह गरेको छ ।