दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्मा रहेका छन् ।
जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्वरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो ।
ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसनधान गरिरहेको जनाएको छ ।