जिप दुर्घटनामा परेर ६ जना घाइते

तु खबर संवाददाता
२०७९ मंसिर १८, आईतवार १६:३०

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्वरको जीप शनिबार साँझ अनियन्त्रित भई सडकबाट करिब १५ मीटर तल खसेको थियो । उक्त जीपमा १० जना सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको उपचार सुर्खेत जिल्ला अस्पतालमा भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।