कांग्रेसका धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर १८, आईतवार ०८:३५

स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्य पदमानेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रहेको थियो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत प्राप्त गरे । सो क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।