स्याङ्जा–२ मा भारी मतले धनराज गुरुङ अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर १७, शनिबार ०८:५४

स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङले नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्याललाई २ हजार २१३ मतले वछाडी पार्दै अग्रता कायमै राखेको हो ।

बिहानसम्मको गणनाअनुसार, गुरुङले २२ हजार ४८० मत प्राप्त गर्दा अर्यालले २० हजार २६७ मत प्राप्त गरेकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार २३८ मत ल्याएका छन्।