हेटौंडामा सवारी दुर्घटना, तीन जना घाइते
मकवानपुर । पुर्व-पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सरसस्वती पेटोल पम्प नजिकै शुक्रबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बस्तिपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६३ प १७९८ नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प १५८४ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घाइते हुनेहरुमा ना ६३ प १७९८ नम्वरको मोटरसाइकल चालक मनहरी गाउँपालिका वडा नम्वर ४ बस्ने २८ वर्षीय राम गौतम, बागमती प्रदेस ०३–००२ प १५८४ नम्वरको मोटरसाइकल चालक हेटौंडा–६ चौघडा बस्ने ४५ वर्षीय रमेश अधिकारी र सोही मोटरसाइकलमा पछाडी सवार हेटौंडा–६ चौघडा अन्दाजी ३९ वर्षीया सिता राम श्रेष्ठ रहेका छन् ।
घाइते तीनै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
