आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एक जनाको युवकको मृत्यु भएको छ । मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठ रहेका छन् । घरबाट खसेर छिमेकीको घर कम्पाउण्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
