ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १५, बिहीबार १५:३८

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १५ वर्षीया बालिका चेतना साउद रहेका छन् । ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो । ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।