मल नपाएको भन्दै किसानहरुले भोलि थाहा नगरपालिका घेराउ गर्ने

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार १७:१८
file-photo

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका किसानहरुले बिहीबार थाहा नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् ।

किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उद्देश्यसहित किसान हकहित संघर्ष समितिले भोली बिहान ११ बजे थाहा नगरको कार्यालय घेराउ गर्ने भएको हो ।

समितिका सदस्य लक्ष्मण बर्तौलाका अनुसार, आलु, बन्दा, काउली, खुर्सानी जस्ता बेमौसमी खेती आएका यहाँका कृषकहरू बैज्ञानिक रूपमा परिक्षण नभएका नक्कली मल प्रयोग गर्न विवश छन् ।