हेटौंडा दुर्घटना अपडेटः एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार १७:१९
सांकेतिक तस्वीर

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारस्थित शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।

दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१८ हर्नामाडी ब्रदर्श चोक बस्ने अन्दाजी २८ वर्षीय आशिस ढकाल रहेका छन् । दुर्घटना गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, अर्का घाइते २९ वर्षीय दिपु लामा सोही अस्पतालमा उपचार भइ्रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, बस चालक प्रहरीको सम्पर्कमा आएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।