मुस्ताङ प्रदेश सभा ‘क’ मा कांग्रेसका गुरुङ निर्वाचित

मुस्ताङ । गण्डकी प्रदेश सभामा मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डुले १ हजार ४८ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ सय ५५ मत छ ।
गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्वर ४ को वडाध्यक्षमा पराजित भएका थिए ।
मुस्ताङ प्रतिनिधि सभातर्फ यसअघि कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन् । प्रदेश सभा (ख) को मतगणना जारी छ ।