बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौँ । बैतडीमा प्रहरी सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दशरथचन्द राजमार्ग अन्तरगत पाटन–४ स्थित थूम भन्ने स्थानमा विहान ७ बजे से १ ज ८५४ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेका का वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्लेट जानकारी दिए। उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन। थप विवरण आउन बाँकी छ।
