मतदान गर्न जाने क्रममा एक वृद्धको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार १४:१०

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय मकवीर कार्की रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार, कार्कीके कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । उक्त केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।