हेटौंडामा सवारी दुर्घटना, दुई जना घाइते

तु खबर संवाददाता
२०७९ मंसिर ३, शनिबार १६:४९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीस्थित पुर्व–पश्चिम सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बिहान ११ बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प न.को स्कुटरले ठक्कर दिँदा राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने १४ वर्षीय सन्त सिं प्रजा घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर स्कुटर चालक ३९ वर्षीय बिनु थापा मगर पनि घाइते भएका छन् । शरिरको विभिन्न भाग चोट लागी मध्यम घाइते भएका प्रजाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, स्कुटर चालक मगरको दुबै हात र मुखमा चोट लागी मध्यम घाईते भएका छन् । उनलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।