ट्याङ्करको ठक्करबाट बालकको मृत्यु
भक्तपुर। भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
रामेछापको सुनापाती गाउँपालिका–४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासीमा विहान १० बजे बा ५ ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।
ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमल बिनायक निवासी सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
