मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीस्थित पुर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहान १० बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २५ प ८४६३ नं.को माटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश नं.१–०२४ च ९९६५ नं.को कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक ललितपुरको ईमाडोल बस्ने अन्दाजी २८ वर्षीय बुद्ध नेगी र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २६ को ईन्द्र बहादुर नेगी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घाइते उनीहरुलाई थप उपचारको लागि चितवनको भरतपुर पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
