मकवानपुरमा डेंगु संक्रमितको संख्या ५५६६ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ५६६ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ६६ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ५६६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि मंगलबारसम्मको हो । जसमा ३ हजार ६३ जना पुरुष र २ हजार ५०३ जना महिला गरी ५ हजार ५६६ जना महिला रहेका छन् ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३२२ जना पुरुष र १ हजार ८७६ जना महिला गरी ४ हजार १९८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ४९३ जना पुरुष र ४४२ जना महिला गरी ९३५ जना, थाहा नगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४३ जना पुरुष र ३० जना महिला गरी ७३ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ३ जना महिला गरी ७ जना रहेका छन् ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा २४ जना पुरुष र २४ जना महिला गरी ४८ जना, बकैया गाउँपालिकामा १६ जना पुरुष र २७ जना पुरुष गरी ४३ जना, राक्सिराङ गाउँपालिकमा १८ जना पुरुष र ६ जना महिला गरी २४ जना, हाल ठेगाना नखुलेका १५ जना पुरुष र १४ जना महिला गरी २९, अन्य जिल्लाका १४ जना पुरुष र ८ जना महिला गरी २२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
