सानिमा बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

तु खबर संवाददाता
२०७९ कार्तिक २९,मंगलवार ०९:१०

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

जसअनुसार विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ ।

‘यो सेवा नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।