दुर्घटनामा परेर हेटौंडाकी स्याङतान गम्भीर घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा शुक्रबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।
लेवटबाट हेटौंडातर्फ आउँदै गरेको ना २७ प ७० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५३ वर्षीया बिबिमाया स्याङतान गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
