सीता दाहालको स्वास्थ्य अवस्था जटिल

तु खबर संवाददाता
२०७९ कार्तिक २१, सोमबार ०७:५३
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालय अनुसार, शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् ।