दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २०, आईतवार ०९:२२

काठमाडौं । भक्तपुरको लोकन्थलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का २७ वर्षीय पुण्यप्रसाद बोहोरा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार राति १० बजे लोकन्थलीमा प्रदेश–३–०२–०१२ प ६३३५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।