बिहीबार शेयर बजारमा १६ अंकको गिरावट
काठमाडौं । आजको साताको शेयर कारोबारको पाँचौ अर्थात बिहीबार शेयर बजार्मा गिरावट आएको छ । तीन दिनयता लगातार बढेको नेप्से परिसूचक आज १६ अंकले घट्न पुगेको हो । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज १६.१४ अंकले घटेर १९२२ विन्दु्मा कायम हुन पुगेको हो ।
नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बीमा उपसूचकहरु बाहेकका सबै सूचक राताम्य रहेका छन् ।



