इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने

तु खबर संवाददाता
२०७९ कार्तिक १६,बुधबार १६:०७
file-photo

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ भोलि बिहीबार बाँडफाँट हुने भएको छ । बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

यसअघि क्यापिटलले शुक्रबार बाँडफाँट हुने बताएको थियो । तर, विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको छ । मागभन्दा २५.२१ गुणा बढी आवेदन परेको छ । जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।