दुर्घटनामा परेर मकवानपुरका तामाङको मृत्यु
काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङ रहेको प्रहरीले जनाएको छ ।
बिहान काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्वरको जिप अचानक पल्टिएर बिपरित दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्वरको बसमा ठोक्किएर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए । घाइते उनको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।
मृतक तामाङ जिप चालक हुन् । यस्तै, सोही दुर्घटनमा परेर जिपका सहचालक काभ्रेस्थलीका २४ वर्षीय बिकेश तामाङ गम्भीर घाइते भएका छन् । घाइते उनको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
