सोमालियामा बम विस्फोटः सय जनाको मृत्यु, तीनसय घाइते

काठमाडौँ । सोमालियामा कार बम विस्फोट हुँदा १ सय भन्दा बढीले ज्यान गुमाएका छन् । घटनामा ३ सय जना घाइते भएको त्यहाँका सोमालियाका सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रालय रहेको स्थानमा शनिबार राति बम विस्फोट भएको हो ।
घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि लिएको छैन । राष्ट्रपति हसन शेख मोहम्मदले इश्लामी समूह अल सहबाबले बिस्फोट गराएको आरोप लगाएका छन् ।
घटनास्थलमा पुगेका राष्ट्रपति मोहम्मदले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । सन् २०१७ को अक्टोबर २९ मा त्यही स्थानमा बम बिस्फोट हुँदा ५ सय जनाको मृत्यु भएको थियो ।