लमजुङ कारागारमा एक कैदीको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार १०:१२

लमजुङ । जिल्ला कारागार लमजुङमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन ।

राती २ बजे कारागारमा अचानक बेहोस् भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङmे जनाएको छ । ०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।