ट्र्याक्टर दुर्घटना हुुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक ६, आईतवार ०७:४२
File Photo

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०२००१ त १४६७ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ट्रयाक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्रयाक्टरमा चार जना सवार रहेका थिए । चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।