मकवानपुरमा थप १५७ जनामा डेंगु संक्रमण

तु खबर संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १७:२२
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ १४८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मनहरी र भीमफेदी गाउँपालिकाका दुई/दुई जना, बकैया गाउँपालिकाका ३ जना, राक्सिराङ गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनालाई डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार ५२६ जना पुगेको छ । जसमध्ये २ हजार ५१८ जना पुरुष र २ हजार ८ जना महिला रहेका छन् ।

जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।