प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

तु खबर संवाददाता
२०७९ कार्तिक २, बुधबार १६:४१
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनी ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना भएकी हुन्।

अस्पताल स्रोतका अनुसार, दाहाललाई आज अस्पतालमै राखिनेछ । सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् । पिएसपी दुर्लभ खालको रोग हो । यो रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ । के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।