जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरे पाखामा सोमबार जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुखुरे पाखाबाट कटुन्जे तर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जेसिबी चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेको प्रहरी चौकी कटुन्जे जनाएको छ । प्रहरीका अनुसार, उक्त जेसिबी सडकबाट ९५ फिट तल खोलामा खसेर दुर्घटना भएको थियो ।
