भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । झापाको शिवसताक्षीमा शनिबार साँझ भँयनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्वरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
