हुम्लामा पहिरोले पुरिएर चार बालबालिकाको मृत्यु

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले पुरिएर चार जना बालबालिकाको मृत्यु भएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिए्र चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोमा पुरिएर पाँच जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन विवरण आइसकेको छैन । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न कठिनाइ भइरहेको जनाएको छ ।