हेटौंडामा कारको ठक्करबाट एक जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा सोमबार साँझ कारले ठक्कर दिँदा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत बीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नम्वरको कारले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा–३ बसामाडी बस्ने वर्ष ३८ को शम्सेर सिंह नेगी रहेका छन् । कारको ठक्करबाट घाइते भएका उनलाई चुरेहिल अस्पतालमा लगिएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि सोमबार राति ११ बजे पुरोना मेडिकल कलेज भतपुरमा रिफर गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले कार, कार चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ७ बसन्तपुर बस्ने ५० वर्षीय दुर्गाप्रसाद पौडेललाई नियन्त्रनमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
