पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १७:३३

हुम्ला । हुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

मृत्यु हुनेहरुमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक र ७ वर्षीया बसन्त विक रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएका ५ जनाको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाएको छ ।