पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपालीको मृत्यु भएके छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको मृत्यु भएको हो ।
उनको हृदयाघातका कारण बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिए । सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल कोठामा पुग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए ।
मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत थिए । उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको छ ।