बुधबार शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ ।
त्यस्तै, नेप्सेमा सूचीकृत २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड, फाइनान्स र अन्य सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक आज लघुवित्त सूचक ०.९६ प्रतिशतले बढेको छ ।



