शेयर बजारमा १५ अंकको सुधार

तु खबर संवाददाता
२०७९ आश्विन ११, मंगलवार १६:२५

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा एकाएक १५ अंकको सुधार आएको छ । केहीदिनपछि आज नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ३० लाख १३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन सूचकको ०.८२ प्रतिशत र म्युचुअल फण्ड सूचकको ०.४७ प्रतिशतले घट्न पुगेको छ भने सर्वाधिक आज विकास बैंक समूहको १.६२ प्रतिशत र फाइनान्स सूचकको १.४६ प्रतिशतले बढेको छ ।