ट्रकको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २९, बुधबार ०८:४८

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गएराति मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नं.को कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई बा ३ ख १६४ नं.को मिनीट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, उक्त ट्रकले ठक्कर दिँदा अर्का एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका ४८ वर्षीय राजेन्द्र राईएको जनाइएको छ । उनलाई उपचारका लागि काठमाडौं लागिएको छ ।

मिनी ट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।