हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० आनन्द टोलबाट लागूऔषध खैरोहिरोईन ८ ग्राम २४० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१० आनन्द टोलस्थित इन्दिरा प्रजापतिको घरभाडामा बस्दै आएको २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधारमा सादा पोशकमा खटिएको प्रहरी सहायक निरीक्षक नबिन बिक्रम थापाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।



