दुई देशका लागि नेपाली राजदूतले लिए शपथ

काठमाडौं। विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ लिएका छन् । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सोमबार शपथ लिएका हुन् ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।