आज नेप्से १३ अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ ।
प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म १३ अंकले घट्न पुगेको हो । आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८३ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य छन् । सर्वाधिक हाइड्रोपावर सूचकको १.४३ प्रतिशतले घटेको छ भने अन्य समूहको १.७ प्रतिशत र फाइनान्स सूचकको १.०५ प्रतिशतले घट्न पुगेको छ ।



