एएफसी यु–२० एसिया कप छनोट : आज नेपाल र भुटानबीच खेल हुने

तु खबर संवाददाता
२०७९ भाद्र २५, शनिबार १०:१४

काठमाडौं । बहराइनमा आज (शनिबार) देखि एएफसी यू–२० एसियन कप छनोटका खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८ः४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन रहेका छन् ।