प्रतिनिधि सभाबाट नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि स्वीकृत
काठमाडौं । राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि स्वीकृत भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजे बस्ने गरी बोलाइएको छ ।
