दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
स्याङ्जा । स्याङ्जाको हरिनास गाँउपालिका–३ राहालेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग ११ प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ घर भई तनँहुको शुक्लगण्डकी नगरपालिका–४ मा बस्ने ३५ बर्षीय जय प्रकास साह रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।
