कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार ०९:१०
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ ।

बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्वरहरु मध्येको सानो कोड नम्वर भएको विषयको परीक्षा हुनेछ ।

त्यस्तै, असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूहले परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्वर भएको विषयको परीक्षा हुनेछ ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क ६०० बुझाउनु पर्नेछ । उक्त अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षा शुल्क बुझाउनुपर्नेछ । त्यसपछि असोज २५ गतेभित्र कार्यालय समयमा आफूले जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्नेछ।